काठमाण्डौ प्रशासनले भन्यो, ‘मापदण्ड नबनेसम्म होम डेलिभरी सेवा खुल्दैन’
Tuesday, September 1st, 2020, 2:49 pm
काठमाडौ, १६ भदौ । काठमाडौको जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यका भित्र होम डेलिभरी सेवा खुला गर्ने कुनै समझदारी नभएको जनाएको छ।
कार्यालयका एक अधिकारीका अनुसार सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठित गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुनेछ। अहिलेसम्म कुनै सहमति भएको नभएको हुनाले सेवा सुचारु गर्न कुनै अनुमति नदिएको उनले बताएका छन्।
प्रजिअ दाहालले कस्तो अवस्थामा होमडेलिभरी सेवा दिने भन्नेबारे कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने र त्यसै अनुसार निर्णय हुने बताएका छन्।