सुनसंगै चाँदीको भाउ पनि बढ्ने क्रम जारी
Tuesday, September 1st, 2020, 1:02 pm
काठमाण्डौ, १६ भदौ । आइतबारदेखि निरन्तर बढ्को सुनको मूल्य मंगलबार पनि तोलामा ९ सय रुपैयाँले बढेको छ।
सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
त्यसैगरी छापावाल सुनसँगै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ९ सयले महंगिएर प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्यमा पनि ३० रुपैयाँको वृद्धि आएर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।