लिदी पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ३७ पुग्यो, अझै २ जना वेपत्ता
Tuesday, September 1st, 2020, 12:51 pm
सिन्धुपाल्चोक, १६ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ।
प्रहरीले आज बिहान थप एक शव फेला पारेको र सो शव १७ वर्षीय सुवास पाख्रिनको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए।