कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु
Tuesday, September 1st, 2020, 12:39 pm
काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ।
काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए।