चितवनमा एम्बुलेन्स दुर्घटना हुदाँ एक जनाको मृत्यु, चार घाइते
Tuesday, September 1st, 2020, 12:26 pm
चितवन, १६ भदौ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका ३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाण्डौबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स बिहान ५ः१५ बजे तिर आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका हुन्।
दुर्घटनामा परी सर्लाहीका वरहथवा २ का १५ वर्षीय बादे रानामगरको मृत्यु भएको हो। घाइते रानामगरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अन्य घाइतेको अवस्था मध्यम रहेको र त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।