चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु
Tuesday, September 1st, 2020, 12:15 pm
चितवन, १६ भदौ । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
मेडिकल कलेजमा उपचारत हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको कलेजले जानकारी दिएको छ।
ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको कलेजद्वारा सञ्चालित अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको आज विहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो।
योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका ९ जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्बका १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।