उपत्यकाभित्रका आइसोलेशन स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई
Monday, August 31st, 2020, 6:09 pm
काठमाडौ, १५ भदौ । सरकारले सबै प्रदेश र स्थानीय तहले जोखिम विश्लेषणको आधारमा प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेड तयार पार्न भनेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उपत्यकामा संक्रमणको अवस्था अनुसार स्वास्थ्य मन्त्रालय तथा वाग्मती प्रदेशले अस्पताल, स्वास्थ्य केन्द्रमा आवश्यक अनुसार आइशोलेशन स्थल तयार पार्न आग्रह गरेको छ।
सरकारले उपत्यका भित्रका ती आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने पनि निर्णय गरेको छ।