सार्वजनिक सवारी र आन्तरिक हवाइ उडान असोज १ गतेदेखि संचालन गर्ने सरकारको निर्णय
Monday, August 31st, 2020, 6:03 pm
काठमाण्डौ, १५ भदौ । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधन संचालन असोज १ गतेदेखि शुरू गर्ने निर्णय गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
प्रवक्ता डा. युवराज खतिवडाले दिएको जानकारी अनुसार यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ गते सारिएको मन्त्रिपरिषद बैठकको निर्णय रहेको छ।
यसैगरी आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको डा. खतिवडाले जानकारी दिएका छन्।