नेपाल एयरलाइन्सले एक महिने उडान तालिका सार्वजनिक गर्यो
Monday, August 31st, 2020, 5:45 pm
काठमाडौं, १५ भदौ । नेपाल एयरलाइन्सले भदौ १७ देखि एक महिनाका लागि गर्ने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।
सरकारले भदौ १७ देखि नियमित तथा चार्टर्ड उडानको अनुमति दिएसँगै एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको हो।
संस्थाले जापानको नारितामा ३, दुबईमा ८, क्वालालम्बपुरमा ४ र हङकङमा २ नियमित उडान गर्ने जानकारी दिएको छ।

त्यस्तै नियमित उडानको अनुमति नभएका साउदीको जेद्दामा ३, दमाममा १ र रियादमा १, कुवेतमा १, कतारको दोहामा ५ उडान गर्ने छ।
