पछिल्लो २४ घन्टामा उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि
Monday, August 31st, 2020, 4:40 pm
काठमाडौं, १५ भदौ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसको थप २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार ४ ;o ९० जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।
कोरोना भाइरस संक्रमण काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा देखिएको प्रवक्ता डा. गौतमले बताए। हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।