पछिल्लो २४ घण्टामा थपिए ८९९ कोरोना संक्रमित, ५ सय ८८ जना डिस्चार्ज
Monday, August 31st, 2020, 4:38 pm
काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसंगै हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन्।
यसैगरी आजमात्रै ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। यीसहित हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।