भारतलाई जवाफ दिदैँ वाङ यीले भने, ‘लद्दाखमा सेनाले सहमति उल्लंघन गरेको छैन’
Monday, August 31st, 2020, 3:39 pm
एजेन्सी, १५ भदौ । चीनले लद्दाखमा सेनाले भारतीय सीमा रेखा पार गरेको भन्ने विषयमा खण्डन गरेको छ । भारतले चिनियाँ सेनाले सीमा रेखा पार गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएपछि चीनले उक्त कुराको खण्डन गरेको हो।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्री वाङ यीले चिनियाँ सेनाले भारतसँगको सहमति उल्लंघन नगरेको बताएका छन्।
चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखालाई कडाईका साथ लागू गरेको छ भने चिनियाँ सेनाले यो रेखा कहिल्यै पार नगर्ने र दुवै देशका सेनाहरू यस मुद्दामा सम्पर्कमा रहेको वाङ यीलले बताएका छन्।
भारतीय सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको जनाएको थियो । यो झडप २९ अगस्टको रातमा भएको थियो।