बारामा सशस्त्र प्रहरीद्वारा कारमा ठुलो परिमाणमा गाँजा बरामद
Monday, August 31st, 2020, 2:55 pm
रौतहट, १५ भदौ । बारामा सशस्त्र प्रहरीले गएराति नेपाली नम्बरको कारमा ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बेसक्याम्प कोल्हबीबाट खटिएको टोलीले विशेष सूचनाका अधारमा उक्त गाँजा सहितको कार बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बाराको कोल्हबी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा चेक जाँच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा सहित प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कार नियन्त्रणमा लिइएको हो।
प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र गाडीसहित नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरी प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन्।
सशस्त्र प्रहरी बेशक्याम्प कोल्हबीका अनुसार गाजासहित गाडी सीमा नाका भारत तिर लगिरहेको अवस्थामा प्रहरीलाइ देखेपछि गाडी छोडेर गाजा तस्करहरु भागेको थियो भने पक्राउ परेको उक्त गाडी र गाजा जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको छ।