कोरोना परीक्षण शुल्क ४ हजार ४ सयभन्दा बढी लिन नपाउने : स्वास्थ्य मन्त्रालय
Monday, August 31st, 2020, 1:42 pm
काठमाण्डौ, १५ भदौ । सरकारले कोरोनाभाइरस कोभिड १९ को पीसीआर परीक्षण शुल्क ४ हजार ४ सयभन्दा बढी लिन नपाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार कोरोनाको सशुल्क परीक्षण गर्ने अनुमति पाएका प्रयोगशालाहरूले सेवा शुल्कसहित अधिकतम ४,४०० रुपैयाँ मात्र लिन पाउने निर्णय भएको छ।
