ब्राजिलमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी, संक्रमणमुक्त हुनेको संख्या ३० लाख बढी
Monday, August 31st, 2020, 12:19 pm
एजेन्सी, १५ भदौ । ब्राजिलमा पछिल्लो २४ घन्टाभित्र १६ हजार १५८ जना कोरोना सङ्क्रमितहरु थपिएका छन्। तर अधिकारीहरुका अनुसार यो संख्या भने पहिलेको तुलनामा कम भएको हो।
त्यसैगरी ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टाभित्र यहाँ ३६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसंगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार ८०० पुगेको छ।
प्राप्त समाचारअनुसार यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो भने यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको र साथै कोरोना संक्रमितको मृत्युमा पनि कमी आएको मन्त्रालयले जानकारी दिएको छ।
यहाँ कोरोना सङ्क्रमित संख्या लाखौँ पुगेका छ । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ।
शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको हुनेको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ।
यहाँका ३० लाखभन्दा बढी नागरिक भने कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ। अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन्।