लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र शैक्षिक संस्थाहरु भदौ मसान्तसम्म बन्द
Monday, August 31st, 2020, 11:49 am
काठमाण्डौ, १५ भदौ । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला तथा सबै खाले लामो दुरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याएको छ।
गत भदौ १ गतेबाट अन्तरजिल्ला यातायात तथा हवाई उडान खुला गर्ने निर्णय भएतापनि कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित गर्ने निर्णय गरिएको हो।
यसैगरी आन्तरिक हवाई उडान र शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ।