चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
Monday, August 31st, 2020, 11:37 am
चितवन, १५ भदौ । चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय वृद्धको भरतपुर अस्पतालमा उपचार उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले बताएका छन्।
भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका मृतकमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पछिल्लो पटक उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या पनि देखिएको थियो ।
योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।