सुनको भाउ बढ्ने क्रम जारी
Monday, August 31st, 2020, 11:27 am
काठमाडौ, १५ भदौ । सोमबार पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। ऋाज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ।
आइतबार ९७ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ५ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।