धरानमा कोरोना संक्रमणले आमाछोराको ज्यान गयो
Sunday, August 30th, 2020, 1:16 pm
धरान, १४ भदौ । धरानमा कोरोना संक्रमणका कारण आमाछोराको एकै दिन उपचारका क्रममा ज्यान गएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो।
आमाछोरामा नै मधुमेह र उच्च रक्तचापको समस्या थियो भने अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए।