सुनको भाउ प्रतितोलामा ३ सयले बढ्यो
Sunday, August 30th, 2020, 11:44 am
काठमाण्डौ, १४ भदौ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य ३ सय रुपैँयाले बढेर आज तोलाको ९७ हजार २ सय कायम भएको छ।
शुक्रबार भने प्रतिता्ेला ९६ हजार ९ सयमा कारोबार भएको थियो।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ भने शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।