भद्रकालीस्थित आर्मी पेट्रोल पम्पमा ड्युटीमा रहेका सिपाहीले गोली हानी गरे आत्महत्या
Sunday, August 30th, 2020, 11:13 am
काठमाडौ, १४ भदौ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डामा कार्यरत एक सिपाहीले गोली हानी आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन्।
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन्।
पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् भने सो घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता पौडेलले बताएका छन्।
ती मृतक सिपाहीको घर भने तनहुँ जिल्लाको रानीपोखरी भएको प्रवक्ता पौडेले बताएका छन् ।