पाटन अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु
Sunday, August 30th, 2020, 10:59 am
काठमाडौ, १४ भदौ । पाटन अस्पतालमा थप तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे, पाटनका युवकको राति १० बजे मृत्यु र जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको डा. शाक्यले बताएका छन्।
अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष मिर्गौलाका बिरामी थिए भने जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको उनले जनाएका छन्।
त्यस्तै उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवकको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताएका छन् ।