कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २०७ पुग्यो
Saturday, August 29th, 2020, 5:19 pm
काठमाण्डौ, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्पाकी ३० बर्षीया महिला, काठमाण्डौकी ५१ वर्षीया महिला, भक्तपुरकी ६२ वर्षीया महिला, सिरहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरुष, काठमाण्डौका ८३ वर्षीय पुरुष, पर्साका ४८ वर्षीया र ३९ वर्षीय पुरुष, भक्तपुरका ८२ बर्षीय पुरुष, ललितपुरका ७२ बर्षीय र ६१ बर्षीय पुरुष रहेका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।