कोटेश्वर प्रभागका १९ जना ट्राफिक प्रहरी कोरोना संक्रमित
Saturday, August 29th, 2020, 5:09 pm
काठमाडौ, १३ भदौ । काठमाडौंको कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
बिहीबार ३३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा तीमध्ये १७ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
यसअघि दुईजना ट्राफिक प्रहरीमा ज्वरो देखापरेपछि उनीहरुको स्वाब परीक्षण गरिएको थियो भने दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रभागमा कार्यरत अन्यको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।
योसँगै प्रभागमा कोरोना संक्रमित हुने ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ। हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ।