शनिबार उपत्यकामा कोरोना संक्रमितको संख्या घटे, आज १८६ संक्रमित भेटिए
Saturday, August 29th, 2020, 4:40 pm
काठमाडौ, १३ भदौ । शनिबार उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेका छन् । आज उपत्यकामा थप १ सय ८६ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको कहाँका हुन् भन्ने चाँही मन्त्रालयले खुलाएको छैन ।