पछिल्लो २४ घण्टाको अवधिमा थपिए कोरोनाका ८ सय ८४ सय संक्रमित, ३ सय १३ डिस्चार्ज
Saturday, August 29th, 2020, 4:31 pm
काठमाडौ, १३ भदौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको छ । योसंगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ।
आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।