डाक्टर केसीमाथि राज्यले गरिरहेको अमानवीय व्यवहार तत्काल रोक्न चिकित्सक संघको माग
Saturday, August 29th, 2020, 3:23 pm
काठमाण्डौ, १३ भदौ । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर गरिएको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।
चिकित्सक संघका अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम हो।
डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै भित्रबाहिर गर्न दिएको थिएन।
समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न पनि चिकित्सक संघले माग गरेको छ।