पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका गरी दुई कोरोना संक्रमित महिलाको मृत्यु
Saturday, August 29th, 2020, 12:31 pm
ललितपुर, १३ भदौ । पाटन अस्पतालमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौ र भक्तपुरका गरी दुई महिला रहेको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राति १०ः४० बजे मृत्यु भएको हो।
त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान ६ः४० बजे मृत्यु भएको हो।