चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
Saturday, August 29th, 2020, 11:29 am
चितवन, १३ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाका कोभिड आइसियूमा उपचारको क्रममो आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिला मिर्गौला रोगबाट पीडित थिइन् भने ती महिलालाई डायलाइसिस गर्नका लागि गत साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । अस्पतालका अनुसार उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो र सोही क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
योसंगै हालसम्म चितवनमा कोरोनाबाट ९ जनाको मृत्युु भएको छ । जसमा चितवन ४ जना, मकवानपुरका ३ जना, कैलाली र गोरखाका १–१ जना छन् ।