समिक्षा अधिकारी र प्रसाद लामिछनेको आवाजमा रहेको ‘पानी छल्काले’ चर्चा बटुल्दै (भिडियोसहित)
Friday, August 28th, 2020, 6:49 pm
सागर उप्रेती , काठमाडौ, १२ भदौ । पछिल्लो समय अत्याधिक रुचाइएकी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको आवाजमा रहेको ‘पानी छल्काले’ नयाँ गित बजारमा आएको छ।
गीतमा सुरेन्द्र लामिछानेको शब्द ,प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीले निर्देशन गरेका छन ।
भिडियोमा नायिका नम्रता सापकोटा ,सुरेन्द्र लामिछाने र प्रल्हाद सुवेदीको उत्कृष्ट अभिनय रहेको छ। यो गित को भिडियो ‘प्रसाद डिजिटल म्युजिक’ युटुब बाट सार्बजनिक गरिएको छ । उक्त भिडियो सार्बजनिक भए लगत्तै यो समुहलाइ सामाजिक संजाल र युटुब मार्फत निकै राम्रो प्रतिक्रिया समेत आएको छ ।