चेन्नई सुपरकिंग्सका दश जनामा कोरोना संक्रमण पुष्टि
Friday, August 28th, 2020, 6:48 pm
एजेन्सी, १२ भदौ । आइपिएल टिम चेन्नई सुपरकिंग्सका दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना खेलाडी भएको पनि बताइएको छ भने अन्य नौ जना संक्रमित खेलाडी, अफिसियल वा सपोर्ट स्टाफ को हुन् भन्ने खुलाइएको छैन ।
बिहीबार गरिएको कोरोना परीक्षण्मा दश जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी आइपिएलको कोभिड १९ प्रोटोकल अनुसार सबै जना युएई पुग्ने बित्तिकै एयरपोर्टमा कोरोनाको परीक्षण गर्नुपर्छ । त्यहाँ पुगेको पहिलो, तेस्रो र पाँचौ दिनमा पनि फेरि टेस्ट गर्ने नियम रहेको छ भने ६ दिन टिम होटलमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ ।
तेस्रो पटकको कोरोना परीक्षण गर्दा चेन्नईका दश जनामा कोरोन संक्रमण पुष्टि भएको हो । जुन त्यहाँ पुगेको पाँचौ दिनमा गरिएको थियो ।
दश जनामा कोरोना देखिएसँगै चेन्नईको क्वारेन्टिन अवधि बढेको छ भने चेन्नईको अभ्यास सुरू गर्ने मिति पनि धकेलिएको छ ।