नेपालमा हालसम्म प्लाज्मा थेरापीबाट २० जना भन्दा बढी कोरोना संक्रमित निको भए
Friday, August 28th, 2020, 6:26 pm
काठमाण्डौ, १२ भदौ । नेपालमा प्लाज्मा थेरापी उपचार विधिबाट २० जना भन्दा बढी कोरोना संक्रमित निको भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जानकारी दिएको छ ।
ग्राण्डी अस्पताल ३७, त्रिवि शिक्षण अस्पतालमा २, बुटवल अस्पतालमा २ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जनाले २० देखि ५९ वर्षका ४२ जनाले प्लाज्मा दान गरिसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले प्लाज्मा थेरापी कोरोना संक्रमित बिरामीहरुको लागि जीवन दान हुने बताएका छन् ।
डा. गौतमका अनुसार बन्दाबन्दीको अवस्थामा रक्तदान गर्ने मानिसको संख्यामा कमी आएको र अस्पतालमा रगतको अभाव भएकोले अस्पताल प्रशासन चिन्तित बनेका छन् । संक्रमित व्यक्तिहरुका लागि प्लाज्मा दान तथा अन्य जटिल प्रकृतिका बिरामीहरुको उपचारको लागि नियमित रगत दान गर्न चाहनेलाई सुरक्षितरुपमा रगत दिन गौतमले आग्रह गरेका छन् ।
त्यसैगरी रक्त दानका लागि सम्बन्धित अस्पताल र रेडक्रससँग समन्वय गरी सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् भने भ्याक्सिन नबनेको अवस्थामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी एक मात्र विकल्प रहेको उनले बताएका छन् ।