सरकारले कोरोना संक्रमितको उपचारका लागि ६ हजार २ सय बेड थप गर्यो
Friday, August 28th, 2020, 5:21 pm
काठमाडौ, १२ भदौ । सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थपेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको जानकारी दिएका छन् ।
डा. गौतमका अनुसार ६ सय ४९ वटा पालिकाहरूमा पाँच वटाको दरले संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएको छ ।
यसैगरी पछिल्लो समय देशभर कोरोना संक्रमित संख्या बढेपछि सरकारले संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्थापन गरिरहेको छ ।