कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९५ पुग्यो
Friday, August 28th, 2020, 4:59 pm
काठमाण्डौ, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीय २ महिला, भक्तपुरकी ६४ वर्षीय महिला, मकवानपुरकी ७१ वर्षीय, उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, सिराहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष र चितवनका ५१ वर्षीय पुरुष रहेका छन् ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।