शुक्रबार काठमाडौंमा उपत्यकामा थपिए ४१५ कोरोना संक्रमित, काठमाण्डौ संक्रमणको उच्च जोखिममा
Friday, August 28th, 2020, 4:51 pm
काठमाडौ, १२ भदौ । शुक्रबार मात्रै काठमाण्डौ उपत्यकामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार शुक्रबार थपिएका संक्रमितहरू काठमाडौंका ३ सय ५० जना, ललितपुरका ५४ जना र भक्तपुरका ११ जना छन् भने यो संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
बिहीबारमात्रै काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिनएको थियो ।
संक्रमितहरुको स्थान भने मन्त्रालयले खुलाएको छैन ।