पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि
Friday, August 28th, 2020, 4:50 pm
काठमाडौ, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।
आजमात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ भने हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ ।