उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
Friday, August 28th, 2020, 4:28 pm
काठमाडौ, १२ भदौ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् ।
स्रोतका अनुसार दुबै मन्त्रीहरु छाउनी गइरहने र त्यहाँ भित्र बाहिर गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको आज थाहा भएकाले होम दुवै मन्त्री आइसोलेसनमा बसेका छन् भने अब पिसिआर परिक्षण पनि हुने जस्तो देखिएको छ ।
भोलिका लागि तय भएको नेकपा सचिवालय बैठक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेकै कारण नेकपा सचिवालय बैठक पनि भदौ १८ सम्मका लागि स्थगन भएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि तय गरिएको थियो ।
भोलि बस्ने भनिएको बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुने भनिएको थियो ।