नेपाल भारत सीमामा खटिएका ५२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
Friday, August 28th, 2020, 2:42 pm
काठमाडौ, १२ भदौ । नेपाल भारत सीमा सुरक्षामा सशस्त्र प्रहरीको प्रदेश २ मातहतबाट खटिएका ५२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरीको प्रदेश २ का अनुसार सीमा सुरक्षामा खटिएकामध्ये ११२ को पिसिआर परीक्षण गर्दा बिहीबार ५२ जनामा कोरोना संक्रमण देखिएको हो ।
केही दिनअघि स्वाब संकलन गरेपछि उनीहरूलाई बारास्थित ३९ नम्बर गणको क्वारेन्टाइनमा राखिएको थियो। संक्रमित सबैलाई शुक्रबार बिहान काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको कार्यालयले जानकारी दिएको छ ।
सो प्रदेशका आठ जिल्लामा सीमा सुरक्षामा खटिका करिब ३५ सय सशस्त्र प्रहरी छन् भने संक्रमितहरू बारा, पर्सा र रौतहटका रहेको बताइएको छ ।
त्यस्तै ती संक्रमितहरुको सम्पर्कमा रहेका अन्य सशस्त्र प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ थालिएको सशस्त्र प्रहरीको प्रदेश २ ले जनाएको छ ।