भोलि तय भएको नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित
Friday, August 28th, 2020, 2:24 pm
काठमाडौ, १२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार छलफल गरेर शनिबार तय भएको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
उपत्यकामा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण बैठक स्थगित गर्नुपरेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
शनिबार तय भएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी गरिएको थियो । पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।