उद्योगपति विनोद चौधरीमा पनि कोरोना संक्रमण पुष्टि
Friday, August 28th, 2020, 1:50 pm
काठमाण्डौ, १२ भदौ । नेपालका उद्योगपति विनोद चौधरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो करिब १ बजेतिर आफ्नो पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना संक्रमित भएको जनाएका छन् ।
उनले ट्विटरमा लेखे अनुसार आज बिहान पिसिआर टेस्ट गराउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने आफूमा अहिलेसम्म कुनै लक्षण देखापरेको नपरेको भएतापनि डाक्टरको सल्लाहअनुसार अलग बसिरहेको र साथै आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाइदिनु आग्रह गरेको छ ।
