उदयपुरबाट भारत लैजान लागेको ८४ किलो गाँजासहित २ जना पक्राउ
Friday, August 28th, 2020, 1:07 pm
उदयपुर, १२ भदौ । उदयपुरबाट भारततर्फ लैजाँदै गरेको ८४ किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुँदै भारत लैजाँदै गरेको अवस्थामा गाँजासहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको हो।
प्रहरीले ताप्ली गाउँपालिका १ का २९ वर्षीय पुष्पबहादुर मगर र सोही गाउँपालिका ३ का ४३ वर्षीय रामबहादुर तामाङलाई ताप्ली गाउँपालिका क्षेत्रबाट गाँजा संकलन गरी उदयपुरगढी गाउँपालिका हुँदै भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चार वटा बोरामा बोकेर लगिरहेको अवस्थामा गाँजा बरामद गरिएको र उनीहरूलाई बोकेरै सिरहा जिल्लासम्म र्पुयाउन अह्राइएको थियो ।
त्यस्तै गाँजा ओसारपसारमा संलग्न भरिया र मुख्य कारोबारीसहित पाँच जना फरार रहेको छ भने तिनीहरुको पहिचान खुलिसकेको हुनाले चाँडै पक्राउ गरिने प्रहरीले बताएको छ ।