चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
Friday, August 28th, 2020, 11:49 am
चितवन, १२ भदौ । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार (आज) विहान १० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेका अनुसार भेन्टिलेटरमा उपचाररत ती पुरुषको ज्यान गएको हो भने उनी लामो समयदेखि दमका बिरामी रहेको थियो ।
भदौ ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएपछि ती पुरुषलाई अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।
त्यस्तै उनको स्वाब संकलन गरी भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो ।