कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८३ पुग्यो
Thursday, August 27th, 2020, 4:54 pm
काठमाण्डौ, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेका छन् ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।