बिहीबार मात्रै काठमाडौंमा २ सय ७० सहित उपत्यकामा थपिए ३ सय ७७ कोरोना संक्रमित
Thursday, August 27th, 2020, 4:39 pm
काठमाडौ, ११ भदौ । बिहीबार काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना छन् ।
संक्रमित कहाँका हुन भन्ने मन्त्रालयले खुलाएको छैन ।