पछिल्लो २४ घण्टामा थपिए १ हजार १ सय ११ कोरोना संक्रमित, ५ सय ६९ डिस्चार्ज
Thursday, August 27th, 2020, 4:33 pm
काठमाडौ, ११ भदौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।
यसैगरी आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ ।