उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि एकीकृत क्वारेन्टाइन सञ्चालनको तयारी
Thursday, August 27th, 2020, 3:37 pm
काठमाण्डौ, ११ भदौ । पछिल्लो दिन काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वातै बढेसंगै सरकारले संक्रमण नियन्त्रणका लागि उपत्यकामा एकीकृत क्वारेन्टाइन सञ्चालनको तयारी गरेको छ ।
बिहीबार कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री सहितका उच्च अधिकारीबीच एकीकृत क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल भएको हो।
उपत्यकामा एकीकृत क्वारेन्टाइनको सञ्चालन तथा व्यवस्थापनका निम्ति स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृह र स्वास्थ्य सचिवसँगै उपत्यकाका मेयरसँग छलफल भएको बताइएको छ ।