ललितपुर महानगरका ८ जना भजनमण्डलीमा कोरोना संक्रमण पुष्टि, सय जनाको कन्ट्रयाक ट्रेसिङ गरिने
Thursday, August 27th, 2020, 2:36 pm
ललितपुर, ११ भदौ । ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित काय्गोमढीका ८ जना भजनमण्डलीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरपालिका प्रवक्ता सुनील महर्जनका अनुसार संक्रमितहरुसंगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्ने लागिएको हो ।
मंगलबजार नजिकै रहेको सो टोलका स्थानीय भजनमण्डलीमा नै कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो ।
ललितपुर महानगरमा कोरोना संक्रमण बढेपछि एक जना संक्रमित बराबर कम्तिमा ७ जनाको कन्ट्रयाक ट्रेसिङ गर्ने योजना बनाइएको छ ।