न्युजील्यान्डमा ५१ मुसलमानको हत्या गर्ने आतंकवादीलाई कडा सजायसहित आजीवन कारावास
Thursday, August 27th, 2020, 1:25 pm
एजेन्सी, ११ भदौ । सन् २०१९ को मार्च महिनामा न्युजील्यान्डको मस्जिदहरूमा प्रार्थनाका लागि भेला भएका ५१ जना मुसलमानहरूको हत्या गर्ने आतंकवादीलाई अदालतले परोलमा निस्कने नपाउने गरी आजीवन कारावासको सजाय सुनाएको छ ।
न्युजील्यान्डको हालसम्मको इतिहासमा यति कडा सजाय पाउने उनी पहिलो व्यक्ति हुन् ।
अस्ट्रेलियान नागरिक २९ बर्षीय ब्रेन्टन टारान्टमाथि आतंकवादको मुद्दा चलाइएका र बिहीवार सजाय दिइएको हो । क्राइस्टचर्चका दुईवटा मस्जिदमा उनले पुरुष, महिला र बालबालिका गरी ५१ जनाको हत्या गरेका थिए । हत्या गरिएको सबभन्दा सानो बालक जम्मा तीन वर्षका थिए ।
न्युजील्यान्डमा पहिलोपटक कुनै व्यक्तिमाथि त्यस्तो मुद्दा लगाइएको हो ।