कलैयामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु
Thursday, August 27th, 2020, 12:58 pm
कलैया, ११ भदौ । आज बिहान रौतहटबाट कलैयातर्फ जादैँ गरेको मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
प्रहरी स्रोतका अनुसार बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्युु भएको प्रहरीले बताइएको छ । सो मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।