महाराजगञ्ज वृतमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो
Thursday, August 27th, 2020, 10:54 am
काठमाडौ, ११ भदौ । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि गोंगबुमा भएको हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा थप १३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि ‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर महाराजगञ्ज हिरासतमा राखिएको थियो भने उनको पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।